बनको फुल टिपी मैले
शिरमा लाए के बिराए ,
कती फाटी मात्र रहनु
सिउन लाए के बिराए ?
आसु दिदा पानी सम्झी
पीइ दिए के बिराए
भीरको यात्रा साथ माग्दा
हात समाए के बिराए ?
अन्धो भए आँखा छदै
छोपी दिए के बिराए ?
क्षणिक सुखानन्दमा
संसार बिर्सी खुब् रमाए ।।
उनको पाइला खोज्दै जादा
आज आँफै हराए
जीबन यसै चल्छ भन्थे
रोकिदा पो चाल पाए ,
माछा माछा भन्दा भन्दै
भ्यागुत्तो पो समाए,
ख्याल् ख्यालैमा मैले
आज सुन्दर संसार गुमाए ।।
मन्जु
विश्वकप २०२६ का टिकटहरू (World Cup 2026 Tickets) - Shocking!
-
२०२६ मा आयोजना हुने विश्वकप इतिहासकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता बन्ने
अपेक्षा गरिएको छ। FIFA द्वारा आयोजना गरिने यस प्रतियोगितामा ४८ टोली सहभागी
हुने...
6 days ago
