कविता कुसुममा गरिएको साहित्यक कुराकानी,

स्वागत छ यहाँहरुलाई मेरो सिर्जना मा

Tuesday, May 18, 2010

के बिराए ?

बनको फुल टिपी मैले
शिरमा लाए के बिराए ,
कती फाटी मात्र रहनु
सिउन लाए के बिराए ?


आसु दिदा पानी सम्झी
पीइ दिए के बिराए
भीरको यात्रा साथ माग्दा
हात समाए के बिराए ?


अन्धो भए आँखा छदै
छोपी दिए के बिराए ?
क्षणिक सुखानन्दमा
संसार बिर्सी खुब् रमाए ।।


उनको पाइला खोज्दै जादा
आज आँफै हराए
जीबन यसै चल्छ भन्थे
रोकिदा पो चाल पाए ,

माछा माछा भन्दा भन्दै
भ्यागुत्तो पो समाए,
ख्याल् ख्यालैमा मैले
आज सुन्दर संसार गुमाए ।।
मन्जु

Monday, February 22, 2010

प्रतिक्षा

प्रतिक्षा
आशुको सागर मा डुबे पनि बिहानीसँगै हासेकी छु ,
मुटुमा असाध्ये चोट र पिडा भए पनि
यिनैलाई साथी बनाइ बाचेकी छु
आशाको दियो हुरिले निभाए पनि
दियो बाल्न तेल चाँही साचेकी छु।

इच्छा र आकाङ्क्षा खाडलमा पुरिए पनि
भाग्य कोर्ने बिधातालाई सम्झी बाचेकी छु ,
जिन्दगीको गोरेटोमा असफलता नै मिले पनि
सफलताको एक क्षणलाई धर्यताले कुरेकी छु ।

हरेक पल उदास उदास रहे पनि
उमङको प्रतिक्षामा बाचेकी छु ,
दुरताले छाये पनि समिपता लाई कल्पेकी छु
तिम्रो अनुपस्थितिलाई भए पनि
शक्ती र शाहशको साधन बनाएकी छु ।

Saturday, January 30, 2010

सागरमाथा टीवी











Sunday, January 24, 2010

पार्ट -८ : Cultural Programme - NLDC & KOSHELI

Wednesday, January 6, 2010

धरान बजार

मन्जु बिमली को गीत

पार्ट -५ : कल्तुरल Programme - NLDC & KOSHELI

मेरो रमाईलो पल