प्रतिक्षा
आशुको सागर मा डुबे पनि बिहानीसँगै हासेकी छु ,
मुटुमा असाध्ये चोट र पिडा भए पनि
यिनैलाई साथी बनाइ बाचेकी छु
आशाको दियो हुरिले निभाए पनि
दियो बाल्न तेल चाँही साचेकी छु।
इच्छा र आकाङ्क्षा खाडलमा पुरिए पनि
भाग्य कोर्ने बिधातालाई सम्झी बाचेकी छु ,
जिन्दगीको गोरेटोमा असफलता नै मिले पनि
सफलताको एक क्षणलाई धर्यताले कुरेकी छु ।
हरेक पल उदास उदास रहे पनि
उमङको प्रतिक्षामा बाचेकी छु ,
दुरताले छाये पनि समिपता लाई कल्पेकी छु
तिम्रो अनुपस्थितिलाई भए पनि
शक्ती र शाहशको साधन बनाएकी छु ।
यस्तो कथा कहिल्यै सुन्न नपरोस्
-
यस्तो कथा कहिल्यै सुन्न नपरोस्। शीर्षक सुन्दा नै आङ्ग जिंग्रिङ्ग हुने
यस्ता घटना, पूरा समाचार पढ्दा नै जीउ सिङ्गिङ्ग हुन्छ। बच्चाबच्चाका
बाउआमालाई त यो ख...
1 week ago

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...