बनको फुल टिपी मैले
शिरमा लाए के बिराए ,
कती फाटी मात्र रहनु
सिउन लाए के बिराए ?
आसु दिदा पानी सम्झी
पीइ दिए के बिराए
भीरको यात्रा साथ माग्दा
हात समाए के बिराए ?
अन्धो भए आँखा छदै
छोपी दिए के बिराए ?
क्षणिक सुखानन्दमा
संसार बिर्सी खुब् रमाए ।।
उनको पाइला खोज्दै जादा
आज आँफै हराए
जीबन यसै चल्छ भन्थे
रोकिदा पो चाल पाए ,
माछा माछा भन्दा भन्दै
भ्यागुत्तो पो समाए,
ख्याल् ख्यालैमा मैले
आज सुन्दर संसार गुमाए ।।
मन्जु
सगरमाथाको बेइज्जती - Fake Rescue at Mt Everest
-
सगरमाथा र शेर्पा भन्नासाथ पश्चिमी देशहरूमा ठूलो विश्वास र सम्मानका साथ
हेरिन्थ्यो। विश्वको सर्वोच्च शिखर र त्यहाँको आरोहणमा जीवन समर्पण गर्ने
शेर्पाहरूको ...
1 week ago

1 comments:
na aatne comment haru chhan positative,but maroo vagyaa ma sadhain negative matra haat laghchha,tasaile pani no comment.
hari siwakoti
canada
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...