कविता कुसुममा गरिएको साहित्यक कुराकानी,

स्वागत छ यहाँहरुलाई मेरो सिर्जना मा

Saturday, December 26, 2009

मेरो ह्वाकु गाउ

बनको फूल फुल्नलाई माली चाहिदैन

घरको फूल त नरोपी देख्नै पाइदैन।

कारण नभै परीणाम त्यसै जुर्दैन

प्रेरक नभइ सिर्जना आँफै फुट्दैन ।

तेह्रथुमको आठराइमा मेरो प्यारो गाउ

स्‍मृतिमा घुमिरहन्छ म जन्मेको ठाउँ ।

शान्त मनको तलाउ झै सुन्दर मेरो गाउ

बुद्धीजिबी धेरै जन्मिए क्या मलिलो ठाउँ ।

सक्रान्तिको चिसो हावा टहारिको धान

उर्बरा र रसिलो छ ह्याकुलो रे नाम ।

सुन जस्तै सुन्तला फल्ने लटरम्मै

पौरखी छन् मिठो बोल्ने मान्छे पनि जम्मै ।


चाडबाड,मेलापात गर्दै मिले मोतो

खेतीपाती सहयोग उस्तै एकपछी अर्को ।


धारेकी देवी ,महादेव थान ,भगवती माइ

पूजा पाठ सधैं गर्ने सस्कृतिलाई जोगाइ ।

डाडाबाट देखिने तल तमोर नदी

बाल्यकाल र गाउकै याद आउने जहाँ गए पनि ।


मनको मल हालेर घरको फूल फुलाउ

श्रीजनाको प्रेरणा हो मेरो ह्वाकु गाउ ।।

0 comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

मेरो रमाईलो पल