कविता कुसुममा गरिएको साहित्यक कुराकानी,

स्वागत छ यहाँहरुलाई मेरो सिर्जना मा

Wednesday, December 2, 2009

गोठालो कान्छो

बाटोमा पर्ने त्यो भैंसी गोठ बलियो कान्छोको
लाउथ्यो गफ नजिक आइ जुकाको भान्छाको ।
देख्दैमा भिमकाय मोटो र घाटो बलिश्ठ हात् पाउ
बनाउथ्यो डरले एक्लै भेट्दा भागेर कता जाउ ।
एक दिन्को कुरा भात बसाइ राखी घास काट्न गएछ
सखुवाको मूढो त्यो धिमा आगो बनाइ छाडेछ ।
घास काटुन्जेल त याद नै भएन भोक नै हरायो
फर्केर आउँदा बासनाले भातको भोक पनि जगायो ।
घासको भारी बिसाइ कान्छो गोठमा पसेछ
अगेनि माझ मूढाको आगो भात पनि पाकेछ ।
पाकेको भात खन्याइ थालमा दूध हाल्यो भाडामा
खुब मज्जा आउछ टासिएको माम्री कोट्याउन जाडोमा ।
भिजायो भाडो दूधले माम्री उप्कियोस् भनेर
फुटाउन थाल्यो भातको पहाड छेउकुना थुनेर ।
कसेर बोल्छ दातका लहर बुझ्नलाई गाह्रो छ
रमाइलो लाग्दा सुनिरहु लाग्छ समय नै प्यारो छ ।
भोकाएको कान्छो भात र माम्री केही थाहै पाउदैन
नहासी भन्छ डराउछौ हामी उ कैलेइ डराउन्न ।
'चपाउछु कहिलै चपिएन ' त्यो उस्को लोक भाका
हाम्रो आङ त्यसै जिरिङ्ग हुन्छ सुनेर त्यो कथा ।
लाग्यो रे समय धेरै नै उसलाई चपाउन भातलाई
'काहा छाड्थ्ये म नि माम्री हो'भनी चपाइरहे त्यसलाई ।
जती गर्दा नि त्यो अब कहिले पनि नचपाइएपछी
हेरेछ उस्ले भात बाट छानी मुखबाट निकाली ।
तनक्क तन्काएछ दुई हातले पक्रेर
अनी पो थाहा पाएछ खरी जुको हो भनेर ।
फालेर जुको भोकाको कान्छो भात सबै सकेछ
जुका त उस्को साथी नै हो उसकै रस खाको छ ।
यसरी हाम्रो गोठमा आइ लगाउथ्यो उ गफ
ती सबै कुरा दन्त्य कथा नै भए अब त ।

0 comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

मेरो रमाईलो पल