माया भन्नु घाऊ रहेछ
नलाए पनि हुन्थ्यो
किन जोडी राख्नु मुटु
आँफै हास्थ्यो रुन्थ्यो ।।
जानी जानी यस्तो
हात किन बढाए
देवताले त खाए खाएनन्
मैले सबथोक चढाए ।।
बुझ्नै गारो दुई जिब्रेको
भाषाइ कती चिप्लो
थुन्छु जती बग्छन् आँखा
बनेर नुनिलो ।।
माया गरे जस्तो लाग्छ
बोली सुन्दा खेरी
विश्वाश पाल्नै नसकिने
उस्कै मुख नहेरी ।।
बाचनमा नि मह छाड्ने
बोल्ने तेल घसी
मरेछु कि खङ्रङ भई
छागा बाट खसी ।।
रस चुसी केलाई केलाई
छाड्यो खोक्रो पारी
बोकाइगयो मन भित्र
पीरै पीरको भारी ।।
न त जाने पखालेर
रही रहने जैले
दन्क्यो आगो मुटु भित्र
नसेलाउने कैले ।।
के को पाप गर्या थ्ये र
भोग्दै छु यो मैले ।।
थाक लाग्यो पीरै पीरको
घट्ने होइन कैले ।।
प्रधानमन्त्री बालेन नबोल्नुको रहस्य
-
नेपालको प्रधानमन्त्री धेरै नबोल्नुको रहस्य यस्तो पनि हुन सक्छ ।
2 weeks ago

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...