
अश्रु नयन् दृष्टिबाट ओझेल पर्दै
मात्त्री ममतालाई छातीले थिचेर
स्मरण र कल्पनाका छाल,तरङादीसँग
ठोकिदै,कुडिदै,छिद्रैछिद्रा भएको विक्षिप्त मन लीइ
तिमीबाट टाढिएकी छु म,
कल्पित तातोपन तिम्रो बदनको
म भित्र समाहित हुन आउछ,
म कैद गर्न खोज्छु फुत्कन्छौ
आफुलाई तिमीमा सुम्पन खोज्छु ,बिलाउछौ
म लज्जित भई लाल भएका आफ्नै गाला मुसार्दछु
-लाग्छ अझै त ताजै छ त्यो क्षण
अनी सताउछ बढ्ता झन् यादले।
स्नेह पोखने यि बाहुहरु
तिम्रो सुगठन मिलाउन आतुर छन्,
तिम्रो सुरक्षामा दङ पर्ने
यो न्यानो काख, बात्सल्यको छ्हारी
बटुवा बिना बिछोडको धापिलो प्रताडना र पराकाश्ठले
बिक्षिप्त भई रित्तै ओइलाउदैछ ।
सातो फर्काउदा हातमा परेका थुकका छिट्टाहरु
नजानी तिमीले चाटेको देख्दा ,
भिजेका यी नयनहरु आज सम्म पनि ओभाउन सकेनन्
त्यसैले त कहिलै नसुक्ने ,नथाक्ने अनी नबुझ्ने
आगो बिना पनि जल्ने, यो मन
दूर देश सम्म घिसार्दै घिसार्दै मुस्किल भित्र जीइ रहेछु ।
अफ्शोच !
मेरो स्नेहको छहारीबाट वन्चित भए पनि
रस पानका बखत आफ्नै चातुर्यले मेरो मुटु हरेर लिएछौ ,
मेरो मुटु त तिमी सितै छाडीएको छ
साच्चै बिना मुटुको ढुक्ढुकी
जिउन निक्कै गाह्रो भएको छ।
मेरो मुटु स्वम् तिमी प्रतेक झझल्कोमा,
आँखाभरी झल्की रहन्छौ ,
मन् भरी बल्झी रहेछौ ,
मलाई सर्बत्र नियाली रहेछौ ।
म केवल कागजी तस्बिरको समिपता भित्र,
तिम्रो पूर्ण उपस्थिती खोजी रहेछु
तिमिसित सम्बाद गरी रहेछु
लाग्छ -तिम्रो सातो मसँग आएको छैन
बरु मेरो चाँही तिमी सितै छाडिएको छ
मेरो मुटु मसँग छैन तिमीसङै छाडिएको छ
मुटु तिमीसित छाडिएको छ । ।
यो श्रीजना (२००२ मा वेम्ली तन्दुरी रेस्टुरेन्टमा आयोजित कबी गोश्ठिमा प्रश्तुत लण्डनको लागि मेरो प्रथम सिर्जना हो जुन १५ डिसेम्बेर २००९ मा बेलायतमा नेपाली साहित्य परिषद र कोशेली सास्कृतिक परिवारले आयोजना गरेको १०० ओ देवकोटा जयन्तीमा बिमोचित मेरो कबिता सङ्रह 'दुइ थोपा आसु ' कबिता सङ्रहमा सङ्ग्रहित छ )
0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...