कविता कुसुममा गरिएको साहित्यक कुराकानी,

स्वागत छ यहाँहरुलाई मेरो सिर्जना मा

Sunday, December 20, 2009

यो मन

यो मन
कसरी ब्यक्त गरौ यो मनको बखान खै
पिरोलेर घरी घरी बनाइ रहन्छ हैरान नै ,
न त देख्न सकिन्छ यो न त गर्न स्पर्श नै
न रङ छ न आकार यो मन साच्चै अचम्मकै ।

बोक्न सजिलो छ जत्तिको त्यतिकै चोर्न पनि यो मन
साहारामा लोभि नजरको सौंदर्य चुम्ने पापी मन,
परेलिमा उनेर कल्पनामा डुब्छ सजिलो गरी मन
सक्तैन बुझ्न् कसैले कतीई गोप्य छ यो मन ।

समयको पंख जडेको सक्तैन बाध्न कसैले यो मन
अधिनमा छैन कसैको सर्बत्र र अनियन्त्रित छ मन ,
जे चाहन्छ मन पर्दो गर्छ छाडा साँढे नै हो यो मन
बोल्नु पर्दैन मुखले आँफै कुरा गरी रहन्छ मन ।

सागर भन्दा गहिरो माया बसाउन सक्छ यो मन
'त्यो मनसँग मिल्ने यो बाहेक के नै छ र' भन्छ मन,
अन्जान् मै नाता गासी अनन्त कसम तोड्न सक्छ यो मन
भर छैन क्षण मै बाधिन र छिन्न पनि सक्छ यो मन ।

आकाश भन्दा माथि सम्म उड्न र झर्न सक्छ यो मन
क्षणमै बदलीई आफ्नो डेरा सार्न पनी सक्छ मन,
स्वार्थी छ साच्चै नफुल्ने बागमा पनी हरियाली खोज्छ मन
भुललाई क्षमा गरे पनि शङ्कै-शङ्का भीत्र जली रहन्छ यो मन ।
मन्जु बिमली
लण्डन

0 comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

मेरो रमाईलो पल