कविता कुसुममा गरिएको साहित्यक कुराकानी,

स्वागत छ यहाँहरुलाई मेरो सिर्जना मा

Sunday, November 29, 2009

पीड़ा

पीडा लुट्छु भन्नेले झन् पो छाडी गयो
पत्रै पत्र थाक लगाइ भुली कता गयो ।।

न त खबर केही पठाउछ न त आँफै आउछ

उस्कै पीरको थुप्रोले हरेक पल सताउछ ।।

कता खेपौ यो भारीलाई पूर्नै लाग्यो मलाई

जलाई दिउ कि आँफैलाई कोरी आँफै सलाई ।।

नामर्द पो होइने हो कि गर्दा अत्मा हत्या

पीडा सिवाय के नै पाइयो यतिन्जेल बाच्दा ।।

Wednesday, November 25, 2009

'आमा'

झिकी टुक्क्रा मुटुबाट आँखा भरि सजाउछिन् ,
भोकै आफु भए पनि छाती आफ्नो चुसाउछिन ।

अल्प निदाइ हुर्काउछिन् छ्याप्पै छोपी स्नेहले,
अबिरल बग्छ जीबन अनि उनकै सहाराले ।

बिर्सिएर पीडालाई सन्तानमै भुल्छिन् जती ,
'आमा' शब्दै बिराट छ निस्वार्थ छ कति कति ।

पोश लाग्यो स्नेहिला उनका हातले छुदा ,
मात्त्री बात्सल्य थाहा हुन्छ आँफै आमा हुँदा ।

मामाताकी खानी आमा प्रेरणा कि दानी ,
श्रीजना कि मुल हुन् आमा इतिहासकी नानी ।

उनको माया कोपिलाले पाइ फेर्रियो रुप ,
कस्तो एउटा जीबन मागे मैले उनी सित ।

फुल झै म त फुल्न पाये उनकै प्रेरणाले ,
धन्य!सुन्दर संसार हेर्न पाये उनकै बलिदानले ।

मेरा हरेक शब्दहरुमा उनकै प्रतिबिम्ब ,
सबै सबै शिर्शकहरुमा उनकै रुप रङ्ग ।

श्रीजनाका हरफहरु उनकै प्रेरणाले लेख्छु ,
दोस छैन आमा जहिले गुणै गुण देख्छु ।

झरी बादल जे भए नि उज्यालो थियो मुहार ,
हिउद न बर्षा पालुवामा छर्ने एउटै बहार ।

दुखी कैले बन्नु हुन्न मान्नु गौरब, हर्ष
थपी दिन्छु मेरो आयु बाच्नु लाखौं बर्ष ।

सीमा पारी कस्ले सुन्छ एक्लो भई रुदा ?
मेची कोशी कती बगे आज टाढा हुँदा ।

बाटो हेर्दइ गर्नु आमा अब चाडै आउछु ,
छोडिएको हासो खुशी बटुलेर ल्याउछु ।

ब्यर्थ


धन-सम्पत्ति ,तेरो-मेरो भनी रहनु ब्यर्थ रहेछ ,
बहानामा जिउनलाई गर्नु पर्ने स्वार्थ रहेछ ।

जिन्दगीको अर्थ बोकी झुल्कन्छ कि घाम ,
आशा गर्दै बस्नु पनि यो जुनीमा ब्यर्थ रहेछ ।

दुखी रहन्छ घाऊ मनको पर्खाइमा निको हुने ,
पिउदै पानी आँखाको तिर्खा मेट्नु ब्यर्थ रहेछ ।

झुटो आशा भित्र पनि सच्चाइ खोज्नु रीती रहेछ ,
बैगुनीलाई मन दीइ चोट पाउनु ब्यर्थ रहेछ ।

मर्दै-बाच्दै जे गरेरै बाँच्नइ पर्ने बिधी रहेछ ,
पराइलाई दीलमा राखी बिझाउनु ब्यर्थ रहेछ ।

मिलन-बिछोड,दुख-सुख नियतीको सम्योग रहेछ ,
भ्रम भित्र बाचि रहने जिन्दगी नै ब्यर्थ रहेछ ।

Friday, November 20, 2009

तिमी

फुल भरी फुल्छेउ तिमी ,कोपिलामा तिमी
बेरिएको लहरा म, सिङ्गो बोट नै तिमी ।
हुइकिएर बेग हान्दा, ठोकिएकी तिमी
दोभान र गल्छेडोमा ,भेटिएकी तिमी ।
सौन्दर्यमा तिमी मात्र,सुगन्धमा तिमी
माला बनी झुन्डीएकी ,यो गलामा तिमी ।
ओठ टोकी लजाउछेउ, मैले हेर्दा तिमी
मुस्कुराइ संसारको, खुशी दिन्छेउ तिमी ।
माछी बन्यो अन्जानको,यो बल्छिमा तिमी
कस्तो त्रिश्णा नमेटिने जती पिउ तिमी ।

मेरो रमाईलो पल