कविता कुसुममा गरिएको साहित्यक कुराकानी,

स्वागत छ यहाँहरुलाई मेरो सिर्जना मा

Thursday, December 31, 2009

बिर्सौ भने

बिर्सौ भने त्यति ठूलो पराई पनि होइन
पूजा मात्रै गरौ उस्को देवता पनि होइन ।

कहाँबाट सुरु भयो अन्त्य कस्तो होला
जसले दियो उ जान्दैन जान्ने को पो होला ।

मुटु भित्र गड्यो कस्तो ननीख्रने खिल बनी
छोपे,हेरे उस्तै लाग्ने यि आँखामा मन्जिल बनी ।

थाहै नपाई अत्याउछ कि बेहोशमै शूल बनी
आँखाबाट बग्छ कि पो ? खहरेको मूल बनी ।

जग्ये कहिले रङ्याउने रङी चङी तूल बनी
कैले जित्ला कुन्नी मलाई मभित्रको दील बनी ।

पीर ब्यथा सबै पिस्ने पानी घट्टा मिल बनी
आउला कैले मुटु दुख्ने दबाइको पिल बनी ।

उन्ला कैले उस्ले मलाई माछी उन्ने शिल बनी
चोख्याउने कैले होला पवित्र जौ -तिल बनी ।

लैजाउ कतै नछोडी बैतर्णीको पुल बनी
विबसताको हुरीसँग उड्न नपाई धुल् बनी ।

भुई चर्ने परेवी म आउ तिमी चिल बनी
अड्कीरहु तिम्रो मनको क्यामेराको रिल बनी ।

अजरअमर बनोस् प्रेम, कर तिर्ने बिल बनी
नजाउ टाढा बर्खा यामको खेतबारीको डिल बनी ।

गुणैगुण यो जुनिमा छिन्नै नसक्ने रिण बनी
दु:ख सुख बाडी बसौ रात अनी दिन बनी ।

मिल्नु छुट्नु नियम नै हो बाध्यतामै परे पनि
डर लाग्छ पाप लाग्ने निश्ठुरीलाई बिर्सौ भने । ।

रित्तो -आशा

रित्तो रित्तो आशा बोकी तिमी सामु आए
पाउनु मैले के नै पाए ? भको पनि गुमाए ।
नचिनेर अन्जान् मै देवतै सम्झी पूजे
शिर झुकाइ कयो पटक तिम्रै शरण परे ।
आज सम्म जती गरे तिम्रै निम्ती गरे
सुख भन्नु परै जावस् शन्ताप मात्र भोगे ।
कती हेरे बाटो तिम्रो सुदिन लाई पर्खि
गयौ कता मन दुखाइ यो ज्यानसित तर्की ।
आँखा रहेछन् रुन मात्रै पोखरीको मुहान
जति थुन्छु रसाइ रहन्छ फोर्नै लाग्यो चट्टान ।
पाएर पनि नपाउने कस्तो हो यो माया
बिर्सौ भन्छु पछ्याउने भयो आफ्नै छाया ।
उप्काएर फाली दिन्छु बाटो तिम्रो थुन्छु
बाचि दिन्छु अरुलाई नै बन्धक आफु बन्छु ।
दु:ख सबै आँफै लिन्छु सुख बाडी दिन्छु
मेरो भाग्य यस्तै रहेछ आसु मात्रै पिउछु । ।

नारायण गोपाल -परखी बसे ......

Saturday, December 26, 2009

मेरो ह्वाकु गाउ

बनको फूल फुल्नलाई माली चाहिदैन

घरको फूल त नरोपी देख्नै पाइदैन।

कारण नभै परीणाम त्यसै जुर्दैन

प्रेरक नभइ सिर्जना आँफै फुट्दैन ।

तेह्रथुमको आठराइमा मेरो प्यारो गाउ

स्‍मृतिमा घुमिरहन्छ म जन्मेको ठाउँ ।

शान्त मनको तलाउ झै सुन्दर मेरो गाउ

बुद्धीजिबी धेरै जन्मिए क्या मलिलो ठाउँ ।

सक्रान्तिको चिसो हावा टहारिको धान

उर्बरा र रसिलो छ ह्याकुलो रे नाम ।

सुन जस्तै सुन्तला फल्ने लटरम्मै

पौरखी छन् मिठो बोल्ने मान्छे पनि जम्मै ।


चाडबाड,मेलापात गर्दै मिले मोतो

खेतीपाती सहयोग उस्तै एकपछी अर्को ।


धारेकी देवी ,महादेव थान ,भगवती माइ

पूजा पाठ सधैं गर्ने सस्कृतिलाई जोगाइ ।

डाडाबाट देखिने तल तमोर नदी

बाल्यकाल र गाउकै याद आउने जहाँ गए पनि ।


मनको मल हालेर घरको फूल फुलाउ

श्रीजनाको प्रेरणा हो मेरो ह्वाकु गाउ ।।

Thursday, December 24, 2009

पीर

माया भन्नु घाऊ रहेछ
नलाए पनि हुन्थ्यो
किन जोडी राख्नु मुटु
आँफै हास्थ्यो रुन्थ्यो ।।

जानी जानी यस्तो
हात किन बढाए
देवताले त खाए खाएनन्
मैले सबथोक चढाए ।।

बुझ्नै गारो दुई जिब्रेको
भाषाइ कती चिप्लो
थुन्छु जती बग्छन् आँखा
बनेर नुनिलो ।।

माया गरे जस्तो लाग्छ
बोली सुन्दा खेरी
विश्वाश पाल्नै नसकिने
उस्कै मुख नहेरी ।।

बाचनमा नि मह छाड्ने
बोल्ने तेल घसी
मरेछु कि खङ्रङ भई
छागा बाट खसी ।।

रस चुसी केलाई केलाई
छाड्यो खोक्रो पारी
बोकाइगयो मन भित्र
पीरै पीरको भारी ।।

न त जाने पखालेर
रही रहने जैले
दन्क्यो आगो मुटु भित्र
नसेलाउने कैले ।।


के को पाप गर्या थ्ये र
भोग्दै छु यो मैले ।।
थाक लाग्यो पीरै पीरको
घट्ने होइन कैले ।।

शुभकामना- छोराको दसौ जन्म दिनको अबसरमा

आज हरेक पल तिम्रै याद आइ रहेछ
तिम्रै सिंगो मुर्ति वरिपरि घुमिरहेछ
बदन सारा जलेर आउछ,
तिम्रै तोतेबोलीहरु निर्दोश भएर गुन्जिरहन्छन्
हेर्थे, हरेक बसन्तका मुनाहरुमा तिमी हुर्किरहेका थियौ
न्यास्रिएका नयनहरुले कैले द्रिश्य पान नै गर्न पाए र?
आसुले रेखी हाल्छ ,परेली रसाउछ
कसैलाई नदेखाइ भित्रै दबाउन खोज्छु
उफ ! मुटु पट्ट फुट्ला जस्तो हुन्छ ।

थर्थराएका ओठबाट मुश्किलले नि :स्रित शब्दहरु
बीचैमा अड्कन्छन्, बिथोलिदिन्छ ध्यान कसैले
म फेरि उस्लाई सम्मुखबाट हटाउन खोज्छु
कस्तो बिडम्बना !
म नतमस्तक छु निरुत्तर ,
छाती चर्कन्छ ,भक्कानिन्छ मन
निश्सासिदै सास मडारीई रहेछ
सम्झदै बितेको आजको दिनलाई ।

आजको दिन
दस बर्ष अगाडीको त्यो दिन
म प्रशब बेदनामा छट्पटाएको दिन
कालरात्री छिचोलेर सुर्योदयको
सुनौला किरणसगै खुशी छर्ने क्रममा
तारैतारको लाग्छाडले म चिच्याइ रहेकी थिए ,
तिमी धर्तीमा पदार्पण गर्ने तयारीमा थियौ
कही पर भित्ताबाट छेकिएर तिम्रो बाबा चियाइरहेका थिए ,
मेरो पीडा बीसको उन्नाइस थिएन
भित्री न्यानो गुड छाड्नु पर्दा हो कि खुशीले हो
तिमीले उन्मत्त भएर अस्पातल छेडेका थियौ
तीखो स्वरले।

हिजो आज गर्दा गर्दै त्यो दिन
दस बर्षको रुपमा आएको छ आज
स्मरण र स्‍मृतिका छालमा बल्छी खेल्दै
जोडी बिजोडी बर्षका बसन्तहरु पार गर्दै
एउटा अङ्कबाट दुई अङ्कमा प्रवेश गरेको दिन,
यो शुन्यबाट सुरु भएको आजको दिन
तिमीले धेरै अशुन्यताहरु खोज्नु छ
मुल्य र मान्यताको जिम्वेबारी आइ रहेछ
तिमीलाई ।

मेरो बात्सल्यले मनग्य नछोपिए पनि
छाती खटाउन प्रसस्त नपाए पनि,
आफ्नै बर्गत र बुताले सामर्थ्य बटुल्नुछ,
नयाँ दिनहरुमा सफलताको शुभेच्क्षा तिमीलाई
शितलता छाउ सधैं चन्द्रमाको चादनी झै
प्रकाश छर्नु धर्तिमा सुरजको रोशनी झै
उदाउन् नबिन् बिजयपथ मिर्मिरेको उषासँगै
दोषचिन्ता बिलाई जाउन् तीता तीता अतीत सँगै,
सद्भावको मुल नसुकोस् कहिल्यै
शान्त मनको सरोबरमा
चिरन्जिबी सुस्वास्थ्यको कामना गर्छु
तिम्रो दशौ जन्मदिनको अबसरमा । ।
- छोरा अपूर्बको दशौ जन्मदिन को अबसरमा (२००९ को अगस्ट १३ मा )
रचना गरिएको र 'दुई थोपा आसु'कबिता सङ्रहमा सङ्कलित छ ।
मन्जु बिमली
लण्डन

Wednesday, December 23, 2009

पिडा

पीडा लुट्छु भन्नेले
झन् पो छाडी गयो
पत्रै पत्र थाक लगाइ
भुली कता गयो ।।

न त खबर केही पठाउछ
न उ आफै आउछ
उस्कै पिर को थुप्रोले
हरेक पल सताउछ ।।

कता खेपौ यो भारिलाई
पूर्नै लाग्यो मलाई
जलाई दिउ कि आँफैलाई
कोरी आँफै सलाई ।।

नामर्द पो होइने हो कि
गर्दा आत्मा हत्या
पिडा सिवाय के नै पाइयो
यतिन्जेल बाच्दा ।।

आमा

आमा मेरा हरेक शब्दहरुमा तिम्रै प्रतिबिम्ब
सबै सबै शिर्शकहरुमा तिम्रै रुप रङ्ग।

श्रीजनाका हरफ तिम्रै प्रेरणाले लेख्छु
दोश छैन आमा जहिल्यै गुणैगुण देख्छु ।


तिम्रो माया कोपिलाले पाई फेर्यो रुप
कस्तो एउटा जीबन मागे मैले तिमीसित ।

फुल झै म त फुल्न पाए तिम्रै प्रेरणाले
सुन्दर संसार देख्न पाए तिम्रै बलिदानले ।

पोष लाग्यो स्नेहिला ति हातले छुदा
मात्रीबात्सल्य थाहा भयो आफु आमा हुँदा ।

बेदनाले मन पोल्छ सन्तान आफ्नो सम्झी
मुटुबाट निकालेर आँखा भित्र राखी ।

झरी बादल जे भए नि उज्यालो छ मुहार
दुर देशमा भए पनि एउटै छ बहार ।

सीमा पारी कस्ले देख्छ यहाँ एक्लो हुँदा
मेची कोशी भए आँखा घर सम्झी रुदा ।

जन्मे हुर्के न्यानो काखमा त्यही मर्न पाउ
मेरो आत्मा सिङो शरीर तिमलाई चढाउन पाउ।

नमाने है दु:ख कहिलै मान्नु हर्ष गौरब
थपी दिन्छु मेरो आयु बाच्नु लाखौं बर्ष ।

बाटो हेर्दै गर्नु आमा अब चाडै आउछु
छाडिएको हासो खुशी बटुलेर ल्याउछु ।।

प्रतीक्षा उनको आगमनको

उत्सुकताले आकाश छोयो
उनलाई पर्खी रहदा
थाकिसके नयन पनि
बाटो हेर्दा हेर्दा ।।

यो बाटो पो आउछिन् कि
उ बाटो पो आउछिन्
लुक्दै लुक्दै आएर
आँखा पो छोप्छिन् कि ।।

कती हेर्नु घडी पनि
चलेको चल्यै छ
उनलाई भेट्ने आशाको दियो
जलेको जल्यै छ ।।

आइनन् कि उनी मलाई
झुक्याइन् कि कसो
शङ्का अनी उपशङ्का
मन भित्र पस्यो ।।

ढाट्नै पर्ने के नै छ र
मेरो चोखो माया
उनलाई भेट्न आइ राख्या छु
पछ्याई उनकै छाया ।।

यात्रा गर्दा ढिलो भो कि ?
मेरो मन नै पापी
तर आउछिन् पक्कापक्की
जान्नन् मलाई ढाटी ।।

बल्ल !
आइ पुगे नि भन्दा खेरी
आयो ठुलो सास
जब भयो भेट हाम्रो
गयो सबै त्रास । ।

Sunday, December 20, 2009

यो मन

यो मन
कसरी ब्यक्त गरौ यो मनको बखान खै
पिरोलेर घरी घरी बनाइ रहन्छ हैरान नै ,
न त देख्न सकिन्छ यो न त गर्न स्पर्श नै
न रङ छ न आकार यो मन साच्चै अचम्मकै ।

बोक्न सजिलो छ जत्तिको त्यतिकै चोर्न पनि यो मन
साहारामा लोभि नजरको सौंदर्य चुम्ने पापी मन,
परेलिमा उनेर कल्पनामा डुब्छ सजिलो गरी मन
सक्तैन बुझ्न् कसैले कतीई गोप्य छ यो मन ।

समयको पंख जडेको सक्तैन बाध्न कसैले यो मन
अधिनमा छैन कसैको सर्बत्र र अनियन्त्रित छ मन ,
जे चाहन्छ मन पर्दो गर्छ छाडा साँढे नै हो यो मन
बोल्नु पर्दैन मुखले आँफै कुरा गरी रहन्छ मन ।

सागर भन्दा गहिरो माया बसाउन सक्छ यो मन
'त्यो मनसँग मिल्ने यो बाहेक के नै छ र' भन्छ मन,
अन्जान् मै नाता गासी अनन्त कसम तोड्न सक्छ यो मन
भर छैन क्षण मै बाधिन र छिन्न पनि सक्छ यो मन ।

आकाश भन्दा माथि सम्म उड्न र झर्न सक्छ यो मन
क्षणमै बदलीई आफ्नो डेरा सार्न पनी सक्छ मन,
स्वार्थी छ साच्चै नफुल्ने बागमा पनी हरियाली खोज्छ मन
भुललाई क्षमा गरे पनि शङ्कै-शङ्का भीत्र जली रहन्छ यो मन ।
मन्जु बिमली
लण्डन

कुलतमा नफसौ


कुलतमा नफसौ

चुरी फुरी सानो हुन्न बिदेश पसी सक्दा
दु:ख ज्यानले पाउछ अनी जान्ने धेरै हुँदा,
चन्चल हुन्छ मन सधैं क्यासिनोको चर्खा जस्तै
यो गरु कि त्यो पो गरु दुई डुंगाको माझी जस्तै ।

कुलत भन्ने कान्छी रहिछे लाड् प्यारको पोल्टो
जब पल्क्यो कान्छीसँग फेरीहाल्यो कोल्टो ,
बलिया बांगा बसेकाछन् कान्छीलाई गार्ड
कान्छी पनि कैले काही त दिन्छे प्यार लाड ।

जेठी बस्ने झुप्रो घरमा कान्छी त महलमा
यो बोर्ड र उ बोर्ड गर्दै निक्कै चहल्पहलमा,
गूड् लक् ! भनी पठाई दिन्छन् देखाई उभोतिर
पलाई हाल्छ आशा ठूलो हट्छन् सबै पीर ।

चुरोटको कुइरीमण्डल मान्छे त्यस्तै धूइरो
गोटी जती सोर्सार् पारी भरी हाल्छे पोल्टो ,
कतिन्जेल टिप्नु खै यो डोकेसाको चारो
हांसी हांसी भाग्छे कान्छी हातमा पार्नै गाह्रो ।

जती हेर्यो उती राम्रो कान्छीको त्यो रूप
जेठी बरा ! रुदा रुदै उडिसक्यो धूप ,
घरकी मोरी गन्गन् गर्छे राती अबेर आउँदा
म त हजुर थाकी सके कान्छीलाई फकाउदा ।

खोक्रै बनाइ कान्छीले नाग्-ङेझार नै पारी
माया देखाइ जेठीसँग रुन्छ धर-धरी ,
अर्ति बुद्दि कसैले दिनु त्यहा हुन्न
त्यस्तो बेला कुनै पनि ओखतिले छुन्न ।

जस्ले गर्छ उस्ले भोग्छ उसकै मन पोल्छ
अरुलाई त गफ चुटी हाँस्ने बिषय बन्छ ,
इज्जत,इमान,धन् सबै त्यही कान्छीले लुटी
कान्छीसँग पल्कनाले जेठी पनि छुटी ।

जीबन त्यसै बर्बाद हुन्छ साथी-संगतले
आफन्त नि पराइ हुन्छन् आफ्नै अहङ्कारले ,
दु:ख सुख जेठीसँगै झुप्रे घरमै बसौ
महलको लालसाले कुलतमा नफसौ ।

मंजू बिमली
यु .के

नेपाली कबिता .com को लागि मन्जु बिमली (हाल: यूके)
(‘डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)

Wednesday, December 16, 2009

कति गरौ एक्लो यात्रा ......

कति गरौ एक्लो यात्रा अन्त्ये भेटिएन
हिउकै ढिक्का पिउदा पनि तीर्खा मेटिएन । ।
कति गरौ एक्लो यात्रा.....

फूल थियौ कि काढा थियौ चिन्नै सकिएन
फूलै सम्झी माला गासी लाउनै पाइएन
नरम फूलको धारले पनि झन्डै रेटिएन
हिउकै ढिक्का पिउदा पनि तीर्खा मेटिएन । ।
कति गरौ एक्लो यात्रा ......

ढोकै खोल्न पाइएन भित्री र्हिदयको
अनर्थ भो आगमन् र तिम्रो बिदाइको
चाहिएको चोखो माया दिने भेटिएन
हिउकै ढिक्का पिउदा पनि तीर्खा मेटिएन । ।
कति गरौ एक्लो यात्रा .....

अत्यास् लाग्थ्यो एकै निमेश टाढा भए पनि
डर लाग्थ्यो दाग् लाग्छ कि ,कसैले छोए पनि
सँगै हिंड्न एकै पाइलो साथ पाइएन
हिउकै ढिक्का पिउदा पनि तीर्खा मेटिएन । ।
कति गरौ एक्लो यात्रा ......

कहिले कही लाग्थ्यो कतै काउसो भिरियो कि
उ जन्म को रीण थियो आजै तिरियो कि
जिबन् डुब्यो सागर माझ किनार भेटिएन
हिउकै ढिक्का पिउदा पनि तीर्खा मेटिएन । ।
कति गरौ एक्लो यात्रा .........
मन्जु बिमली
लण्डन।

Sunday, December 6, 2009

छाडिएको मुटु



अश्रु नयन् दृष्‍टिबाट ओझेल पर्दै

मात्त्री ममतालाई छातीले थिचेर

स्मरण र कल्पनाका छाल,तरङादीसँग

ठोकिदै,कुडिदै,छिद्रैछिद्रा भएको विक्षिप्त मन लीइ

तिमीबाट टाढिएकी छु म,
कल्पित तातोपन तिम्रो बदनको

म भित्र समाहित हुन आउछ,

म कैद गर्न खोज्छु फुत्कन्छौ

आफुलाई तिमीमा सुम्पन खोज्छु ,बिलाउछौ

म लज्जित भई लाल भएका आफ्नै गाला मुसार्दछु

-लाग्छ अझै त ताजै छ त्यो क्षण

अनी सताउछ बढ्ता झन् यादले।


स्नेह पोखने यि बाहुहरु


तिम्रो सुगठन मिलाउन आतुर छन्,

तिम्रो सुरक्षामा दङ पर्ने

यो न्यानो काख, बात्सल्यको छ्हारी

बटुवा बिना बिछोडको धापिलो प्रताडना र पराकाश्ठले

बिक्षिप्त भई रित्तै ओइलाउदैछ ।

सातो फर्काउदा हातमा परेका थुकका छिट्टाहरु

नजानी तिमीले चाटेको देख्दा ,

भिजेका यी नयनहरु आज सम्म पनि ओभाउन सकेनन्

त्यसैले त कहिलै नसुक्ने ,नथाक्ने अनी नबुझ्ने

आगो बिना पनि जल्ने, यो मन

दूर देश सम्म घिसार्दै घिसार्दै मुस्किल भित्र जीइ रहेछु ।

अफ्शोच !

मेरो स्नेहको छहारीबाट वन्चित भए पनि

रस पानका बखत आफ्नै चातुर्यले मेरो मुटु हरेर लिएछौ ,

मेरो मुटु त तिमी सितै छाडीएको छ

साच्चै बिना मुटुको ढुक्ढुकी

जिउन निक्कै गाह्रो भएको छ।

मेरो मुटु स्वम् तिमी प्रतेक झझल्कोमा,

आँखाभरी झल्की रहन्छौ ,

मन् भरी बल्झी रहेछौ ,

मलाई सर्बत्र नियाली रहेछौ ।

म केवल कागजी तस्बिरको समिपता भित्र,

तिम्रो पूर्ण उपस्थिती खोजी रहेछु

तिमिसित सम्बाद गरी रहेछु

लाग्छ -तिम्रो सातो मसँग आएको छैन

बरु मेरो चाँही तिमी सितै छाडिएको छ

मेरो मुटु मसँग छैन तिमीसङै छाडिएको छ

मुटु तिमीसित छाडिएको छ । ।

यो श्रीजना (२००२ मा वेम्ली तन्दुरी रेस्टुरेन्टमा आयोजित कबी गोश्ठिमा प्रश्तुत लण्डनको लागि मेरो प्रथम सिर्जना हो जुन १५ डिसेम्बेर २००९ मा बेलायतमा नेपाली साहित्य परिषद र कोशेली सास्कृतिक परिवारले आयोजना गरेको १०० ओ देवकोटा जयन्तीमा बिमोचित मेरो कबिता सङ्रह 'दुइ थोपा आसु ' कबिता सङ्रहमा सङ्ग्रहित छ )

दोष कस्लाई ...

न त रात थियो ,न त दिन थियो
अघोशित दिशामा चन्द्रसूर्य थियो ।

मिर्मिरे प्रभात शीत पोख्दै थियो ,
प्रशब बेदना पोखरिमा थियो ।

सुरिलो स्वर अचानक आयो
मान्छेको रुप प्रकट भको थियो ।

आकाश थियो कि धरणी पो थिईन् ?
पून: धर्ती देखेर माता आत्तीन् ।

सहनु मैले सहे तिमीले किन सहनु ?
आफ्नै अर्धाङ्ग हो नफ्याक्नु न राख्नु ?

झिकियो काढा ,डोब हलुङो भो ढुक्क भो
दुबैलाई,फेरी झन्झट बढि गो ।

पल्लवित पालुवामा सुवास छाइ
घुम्छन् भवराहरु हजारौ आइ ।

स्वर्गै भुलाउने बनी राजकुमारी
खेल्दै चौता-रीमा लुकामारी ।

प्रतिक्षामा रहन्छन् शुभ सन्ध्या दुबै
बन्छे दुश्यन्तकी शकुन्तला नै ।

आँखाको कशिगर हुन्छे उु फेरी
बिलाउदा प्रेमी कही शुन्य सरी ।

ज्युन न मर्नु हुन्छ अब उस्लाई
धर्ती- आकाश न बिधाता दिनु दोश ?

Friday, December 4, 2009

सक्रान्ती बाज़ार -

डाडामा बसेको ,रमिते माथिको ---चिसो
सक्रान्ती बजार .....हाट भरौ साथी हो ।

अन्न पात बेचउ ,नून्,तेल गरौ बनेको पैसाले
बात् पनि मारौ खबर नि सोधौ भेट भाको मौकाले
सात दिन पछी एक् दिन लाग्ने ----राम्रो
सक्रान्ती बज्जार ...... हाट भरौ साथी हो ।

बदाम खाँदै गफ गरी बसौ लाकुरी फेदैमा
पानीको प्यास मेटाउला अनी कलधरा हिट्टिमा
दु:ख बिसाउने महिनामा लाग्ने ---हाम्रो
सक्रान्ती बजार .....हाट भरौ साथी हो ।

प्यारीलाई सौदा काचका चुरा हात भरी किनौला
अङालो मारी डाडामा बसी फोटो नै खिचौला
मायालाई भेट्ने मौका परने
सक्रान्ती बजार ...... हाट भरौ साथी हो ।

शिरमा सुनको लगाइ फूल पर्खदै लूंगालाई
पालम् गाउदै रात् दिन नै जान्छ लाग्दैन थकाई
धान नाची रमाउ मदन मेलामा --- राम्रो
सक्रान्ती बजार .....हाट भरौ साथी हो ।

कान्छीका हात समाइकन घोडे चौर घुमौला
भेट हुन्न फेरी अर्को दिन नभइ पेट भरी बोलौला
जाडो न गर्मी चिया पानी पिउने ----मिठो
सक्रान्ती बजार...... हाट भरौ साथी हो ।

ह्वाकुको पुछार ,इवा ,निघुरादिन मान्छेको धुइरो
डाडागाउ, सोदन ,इसिबु देखी उत्तिकै ओइरो
मादीको सख्खर हातमा चाट्दै -----गुलियो
सक्रान्ती बजार...... हाट भरौ साथी हो ।
samapt

Wednesday, December 2, 2009

गोठालो कान्छो

बाटोमा पर्ने त्यो भैंसी गोठ बलियो कान्छोको
लाउथ्यो गफ नजिक आइ जुकाको भान्छाको ।
देख्दैमा भिमकाय मोटो र घाटो बलिश्ठ हात् पाउ
बनाउथ्यो डरले एक्लै भेट्दा भागेर कता जाउ ।
एक दिन्को कुरा भात बसाइ राखी घास काट्न गएछ
सखुवाको मूढो त्यो धिमा आगो बनाइ छाडेछ ।
घास काटुन्जेल त याद नै भएन भोक नै हरायो
फर्केर आउँदा बासनाले भातको भोक पनि जगायो ।
घासको भारी बिसाइ कान्छो गोठमा पसेछ
अगेनि माझ मूढाको आगो भात पनि पाकेछ ।
पाकेको भात खन्याइ थालमा दूध हाल्यो भाडामा
खुब मज्जा आउछ टासिएको माम्री कोट्याउन जाडोमा ।
भिजायो भाडो दूधले माम्री उप्कियोस् भनेर
फुटाउन थाल्यो भातको पहाड छेउकुना थुनेर ।
कसेर बोल्छ दातका लहर बुझ्नलाई गाह्रो छ
रमाइलो लाग्दा सुनिरहु लाग्छ समय नै प्यारो छ ।
भोकाएको कान्छो भात र माम्री केही थाहै पाउदैन
नहासी भन्छ डराउछौ हामी उ कैलेइ डराउन्न ।
'चपाउछु कहिलै चपिएन ' त्यो उस्को लोक भाका
हाम्रो आङ त्यसै जिरिङ्ग हुन्छ सुनेर त्यो कथा ।
लाग्यो रे समय धेरै नै उसलाई चपाउन भातलाई
'काहा छाड्थ्ये म नि माम्री हो'भनी चपाइरहे त्यसलाई ।
जती गर्दा नि त्यो अब कहिले पनि नचपाइएपछी
हेरेछ उस्ले भात बाट छानी मुखबाट निकाली ।
तनक्क तन्काएछ दुई हातले पक्रेर
अनी पो थाहा पाएछ खरी जुको हो भनेर ।
फालेर जुको भोकाको कान्छो भात सबै सकेछ
जुका त उस्को साथी नै हो उसकै रस खाको छ ।
यसरी हाम्रो गोठमा आइ लगाउथ्यो उ गफ
ती सबै कुरा दन्त्य कथा नै भए अब त ।

मेरो रमाईलो पल